अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई जसपाको ह्वीप

प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिन सांसदलाई जसपाको ह्वीप


काठमाडौं-जनता समाजवादी पार्टी नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल‘प्रचण्ड’लाई विश्वासको मत दिन आफ्ना सांसदहरूलाई ह्वीप जारी गरेको छ।

मंगलबार सिंहदरबारमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले सरकारको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

बैठकमा जसपा नेपालको संसदीय दलले आफ्ना सांसदहरूलाई सरकारको पक्षमा मतदान गर्न हृवीप समेत जारी गरेको छ। प्रतिनिधि सभामा जसपाका १२ सांसद छन्।

नयाँ मन्त्रिपरिषद्‌मा जसपाका तर्फबाट अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्रीसहित स्वास्थ्य र नवलकिशोर साह वनमन्त्री बनेका छन्।