अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उपमहासचिव ज्ञवालीको व्यङ्ग्य: द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो

एमाले उपमहासचिव ज्ञवालीको व्यङ्ग्य: द्वन्द्वले रोल्पालाई सुनैसुनको घर दियो


रोल्पा-नेकपा एमालेका उपमहासचिव प्रदिप ज्ञवालीले द्वन्द्वले के दियो भनेर समीक्षा गर्न रोल्पाली जनतालाई सुझाउनु भएको छ।

एमाले रोल्पाको सातौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न लिबाङ आइपुग्नुभएका उपमहासचिव ज्ञवालीले दश वर्ष चलेको द्वन्द्वले विकास गर्‍यो कि विनाश गर्‍यो भन्दै गम्भीर समीक्षा गर्न रोल्पालीलाई सुझाउनु भएको हो।

उपमहासचिव ज्ञवालीले भन्नुभयो, ‘दश वर्षसम्म चलेको द्वन्द्वले क्रान्ती सफल गरेन। झजनताको अवस्था फेरिएन। नेताको मात्रै जीवन स्तर उकासियो।’
उहाँले क्रान्तीको सपना देखाएर जनतालाई ढाँटिएको भन्दै रोल्पाली जनता भ्रममा पर्न नहुने बताउनु भयो। सुन तस्करीको प्रसंग कोट्याउँदै उपमहासचिव ज्ञवालीले द्वन्द्वबाट स्थापित भएका नेता र उहाँका छोराहरू सुन तस्करीमा जोडिनु यहाँका जनताका सपनामाथि कुठाराघात भएको टिप्पणी गर्नुभयो । दश वर्ष द्वन्द्व के नेता र नेताका छोराले सुन तस्करीको लाइन मिलाउन थियो ।उहाँले भन्नभयो, ‘द्वन्द्वले रोल्पालाई के दियो भन्दा सुनैसुनका घर दियो भनेर ब्यंग्य गर्नेबेला आयो । यो बिडम्बना हो ।’