अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन

प्रधानमन्त्रीलाई विश्वासको मत दिन सांसदलाई अध्यक्ष रञ्जिता श्रेष्ठको निर्देशन


काठमाडौं-नागरिक उन्मुक्ति पार्टीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मतको पक्षमा मतदान गर्न ह्विप जारी गरेको छ।

नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले मंगलबार प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन निर्देशन जारी गर्नुभएको हो।

नाउपा संसदीय दलकी नेतासमेत रहेकी श्रेष्ठले ४ जना सांसदलाई बुधबारको संसद् बैठकमा सबै चारजना सांसदलाई अनिवार्य उपस्थित भएर प्रधानमन्त्रीको पक्षमा मतदान गर्न निर्देशन दिनुभएको छ।

अध्यक्ष रञ्जिताले भन्नभयो, ‘प्रधानमन्त्री दाहाललाई विश्वासको मत दिन्छौँ। सबै सांसदलाई अनिवार्य उपस्थित भएर विश्वासको मत दिन निर्देशन जारी गरेका छौँ ।’