अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काँग्रेसलाई अध्यक्ष ओलीको प्रश्न – दुई महिनामा सरकार फेर्दा अस्थिरता भएन १४ महिनामा फेर्दा अस्थिरता ?

काँग्रेसलाई अध्यक्ष ओलीको प्रश्न – दुई महिनामा सरकार फेर्दा अस्थिरता भएन १४ महिनामा फेर्दा अस्थिरता ?



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यो सरकार परिवर्तन गर्ने प्रचण्ड र आफूले गरेको बताउनुभएको छ ।
आज संसदको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकार परिवर्तन गर्न आफूहरुले गरेको तर काँग्रेस यसमा विदेशीले गरेको भनेर जस दिने गरेको बताउनुभएको छ । ‘सरकार पल्टाउने काम प्रचण्डजी र मैले गरेको हो ’ अध्यक्ष ओलीले भन्नुभयो ‘यसमा जस हामीलाई नै दिनुहोस ।’
काँग्रेसले इमानका कुरा धाकका साथ भन्नु अचम्म भएको बताउनुभएको छ । ‘एउटा औंला आफूतिर देखाउँदा अरु औंला आफूतिरै फर्किएका हुन्छन् ’ अध्यक्ष ओलीले भन्नुभयो ‘काँग्रेस इमानै इमानको खानी भन्दा अचम्मै भएको छ । ’
अध्यक्ष ओलीले एमाले विरोधका लागि विरोध नगर्ने बताउनुभएको छ । काँग्रेसका तौरतरिका अनेक भएको बताउनुभएको छ । ‘ प्रधानमन्त्री भन्दा पहिला बोल्न पाउनु पर्दछ भनेर एमाले रोष्टम घेर्न जादैन । काँग्रेसका यस्ता अनुभव हामीले झेलेका छौं ’ अध्यक्ष ओलीले भन्नुभयो ‘अस्थिरताको खेती काँग्रेसले गरेको हो । पोहोर दुई महिनामा सरकार परिवर्तन गर्दा तपाईंहरुलाई अस्थिरता लागेन अहिले त १४ महिनमा परिवर्तन हुँदा कसरी अस्थिरता भयो ?’