अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सत्ता गुम्दा रुवावासी नगर्न काँग्रेसलाई अध्यक्ष ओलीको आग्रह

सत्ता गुम्दा रुवावासी नगर्न काँग्रेसलाई अध्यक्ष ओलीको आग्रह



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गुमाउदा काँग्रेसले रुवावासी नगर्न आग्रह गर्नुभएको छ ।
‘काँग्रेसले सत्ता गुमाउदा किन रुवावासी गरेको ?’ अध्यक्ष ओलीले भन्नुभयो ‘गतवर्ष हामीले रुवावासी गरेनौ । बरु हाँसीखुशी नै शुभकामना दिएका थियौं ।’ उहाँले सत्ता गुमाएका कारण काँग्रेसलाई आवेस उत्तेजनामा नआउन आग्रह गर्नुभयो ।
छिप्पिएको काँग्रेसले शान्ती प्रक्रियामा म्याचुरिटी देखाउनु पर्ने उहाँले बताउनुभयो । सरकारमा को रहने भन्ने कुरा अस्थायी कुरा भएकोले सरकारले राम्रो काम गर्नुपर्ने र प्रतिपक्षीले रचनात्मक काम गर्नुपर्ने बताउनुभएको छ ।