अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत

सुहाङ नेम्वाङ एमालेको कानून विभाग सदस्य मनोनीत


काठमाडौं-नेकपा एमालेले संविधान सभा अध्यक्ष स्वर्गीय सुवास नेम्वाङका पुत्र अधिवक्ता सुहाङ नेम्वाङलाई केन्द्रीय कानून विभागको सदस्यमा मनोनीत गरेको छ।

एमाले महासचिव शंकर पोखरेलले सुहाङलाई गत फागुन ३ गते बसेको केन्द्रीय सचिवालयको बैठकले कानुन विभाग सदस्य मनोनीत गरेको बताउनु भयो । महासचिव पोखरेलले नेम्वाङलाई कानून विभागमा मनोनीत गरेको पत्र दिनुभएको छ।

सुहाङ नेकपा एमालेका उपाध्यक्ष स्वर्गीय सुवासचन्द्र नेम्वाङका कान्छा छोरा हुन्। उहाँ कानुन व्यवसायी हुन्।

सुवासचन्द्रको निधनसँगै इलाम २ मा आगामी वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। उक्त निर्वाचनका लागि सुहाङ एमालेबाट उम्मेदवारका रुपमा बलिया दाबेदार हुन्।