अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीको सन्देश– मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्छ, डायलासिस अल्पकालीन रोकथाम हो 

अध्यक्ष ओलीको सन्देश– मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्छ, डायलासिस अल्पकालीन रोकथाम हो 


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले  मिर्गौला जोगाउन आफैँ सजग हुनुपर्ने बताउनुभएको छ । आज विश्व मिर्गौला दिवसको अवसरमा सामाजिक सञ्जालमार्फत सन्देश दिनुहुँदै उहाँले डायलासिस अल्पकालीन रोकथाम मात्र भएको उल्लेख गर्नुभएको हो ।

उहाँले लेख्नुभएको छ,’मिर्गौला जोगाउन हामी आफैँ सजग हुनु पर्छ, डायलासिस त अल्पकालीन रोकथाम मात्र हो । स्वास्थ्यप्रति सचेत बनौँ, मिर्गौला जोगाऔँ !’

मिर्गौला दिवससँग आफ्नो भावनात्मक अनुभूति रहेको उल्लेख गर्दै अध्यक्ष ओलीले सानो लापर्बाहीले मिर्गौला बिग्रिन सक्ने बताउनुभयो । 

उहाँले भन्नुभयो,’जब  मिर्गौला बिग्रिन्छ, तब जीवन कष्टकर बन्छ । प्रत्यारोपण गर्नु धेरै जटिल काम हो । डायलासिस गरेर रोकथाम गर्नु पनि झन्झटिलो छ। हामी सरकारमा हुँदा डायलासिस निःशुल्क गर्ने कार्यक्रम ल्याएका थियौँ ।’

अध्यक्ष ओलीले दुई पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो ।