अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

 प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 

 प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची 


काठमाडौँ– प्रतिनिधिसभा बैठक आज बस्ने भएको छ । बैठक सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने भएको हो ।  

बैठकमा सांसद प्रेम सुवालले ‘सङ्घीय निजामती सेवा विधेयक,२०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।  

यस्तै सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले सङ्घीय निजामती सेवा विधेयक, २०८० र निर्माणमुखी सामाग्री ९व्यवस्थापन तथा नियमन० विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  

आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा छलफल प्रारम्भ हुने कार्यसूची रहेको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।