अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनमा भाग लिन २० दलले दिए दल दर्ताको निवेदन

उपनिर्वाचनमा भाग लिन २० दलले दिए दल दर्ताको निवेदन


काठमाडौँ– उपनिर्वाचनका लागि प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा दलले दर्ताका लागि निवेदन दिएका छन् । आगामी वैशाख १५ गते हुने उपनिर्वाचनमा भाग लिन प्रतिनिधि सभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा दलले दर्ताका लागि निवेदन दिएका हुन् । 

निर्वाचन आयोगले उपनिर्वाचनका लागि दल दर्ता गर्न फागुन २४ देखि ३० गतेसम्मको समयसीमा तोकेको थियो ।

आयोगका अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीले प्रतिनिधि सभामा मात्र भाग लिने गरी दल दर्ताको निवेदन दिएको छ ।

आयोगका सहसचिव यज्ञप्रसाद भट्टराईका अनुसार  मङ्गोल नेसनल अर्गनाइजेसन, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमुक्ति पार्टी, जनमत पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले दल दर्ता गर्न निवेदन दिएका छन् । यस्तै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, नेकपा (एमाले), नेपाली जनता दल, नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र), राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, नेपालले पनि दल दर्ता गर्न निवेदन दिएको उहाँले जानकारी दिनुभयो ।  

यस्तै बहुजन शक्ति पार्टी, आम जनता पार्टी, नेसनल रिपब्लिक नेपाल, नेपाल समाजवादी पार्टी, राष्ट्रिय मातृभूमि पार्टी र राष्ट्रिय मुक्ति आन्दोलन नेपालले दल दर्ता गर्न आयोगमा निवेदन दिएका छन् । आयोगले दर्ताका लागि प्राप्त भएको निवेदनउपर जाँचबुझ गरी उपनिर्वाचनमा भाग लिने दलको सूची प्रकाशन गर्नेछ ।

प्रतिनिधि सभातर्फ इलाम क्षेत्र नम्बर–२ र प्रदेश सभातर्फ बझाङ क्षेत्र नम्बर १ को ुकु मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ ।