अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन चैत १३ गते, अध्यक्ष ओलीले उद्घाटन गर्ने

एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन चैत १३ गते, अध्यक्ष ओलीले उद्घाटन गर्ने


उदयपुर-नेपाल कम्युनिस्ट पार्टी (एमाले) उदयपुरको जिल्ला अधिवेशन चैत १३ गते हुने भएको छ। नवौँ जिल्ला अधिवेशन तयारीका लागि हिजो उदयपुरको गाईघाटमा बैठक बसेको हो।  

एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेका अनुसार चैत्र १३ गते अधिवेशनको उद्घाटन हुने छ भने १४ गते आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ। 

अधिवेशन सम्पन्न गर्नका लागि मूल आयोजक समितिसहित १३ वटा उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनु भयो। यस्तै चैत ६ गते भित्रमा जिल्लाका आठबाटै पालिकाले सबै जनवर्गिय संगठनबाट प्रतिनिधि छनौट गरिसक्नु पर्ने फागुन ३० गते पूर्ण बैठकले निर्णय गरेकाे जानकारी दिनुभयो।

एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने सो अधिवेशनमा जिल्ला भरिका करिब ६५० जना प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष घिमिरेले बताउनु भयो ।

सो अधिवेशनमा मूल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यान्न व्यवस्थापन, स्वास्थ्य, प्रचार प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो।

एमालेको आठौं जिल्ला अधिवेशनले परमेश्वर घिमिरेको अध्यक्षतामा ११२ जना सदस्य रहने गरी जिल्ला कमिटी चयन गरेको थियो। उपाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ, सचिवमा कालु लामा, उपसचिवमा भरतबहादुर थापा र टेकबहादुर राउतलाई चयन गरेको थियो।