अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि के काम गर्नुभयो: अध्यक्ष ओली

देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देश र जनताका लागि के काम गर्नुभयो: अध्यक्ष ओली


काठमाडौँ-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठूलाे पिर परेको टिप्पणी गर्नुभएको छ।

बिहीबार एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री समेत रहेका ओलीले कांग्रेसलाई पिर पर्‍यो भन्दैमा एमालेले देश बिग्रन नदिने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘सरकारबाट बाहिरिनु पर्दा नेपाली कांग्रेसलाई सारै ठूलाे पिर परेको छ। कांग्रेसलाई पिर पर्‍यो भनेर हामी देश बिग्रन दिँदैनौ। काम नगर्ने अनि सरकारबाट हट्नुपर्‍यो भनेर पिर गर्ने ? कांग्रेस सभापति शेरबहादुर देउवालाई पाँच पटक प्रधानमन्त्री बन्नुभयो देशका लागि एउटा काम के गर्नुभयो भनेर सोध्दा केही छैन ।’

उहाँले नेकपा एमाले सरकारमा भएका बेला के-के काम गर्‍यो भन्ने कुरा देखाउन तयार रहेको भन्दै एमाले सम्मिलित गठबन्धनको सरकारले मुलुकका समस्या समाधान गर्ने प्रयास थालिसकेको दाबी गर्नुभयो ।