अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ– आज राष्ट्रिय सभा बैठक बस्दै छ । बैठक संसद् भवन नयाँ बानेश्वरमा आज बिहान ११ बजेर १५ मिनेटमा बस्ने भएको हो । 

बैठकमा  अध्यक्षले राष्ट्रपति कार्यालयबाट प्राप्त मन्त्री नियुक्ति तथा कार्यभारसम्बन्धी पत्र पढेर सुनाउने कार्यसूची रहेको छ ।  त्यस्तै अर्थमन्त्री वर्षमान पुनले सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८० माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नुहुनेछ ।  

यस्तै बैठकमा आर्थिक वर्ष २०८१/०८२ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।