अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि एमाले बझाङले सिफारिस गर्‍यो तीन जनाको नाम

उपनिर्वाचनका लागि एमाले बझाङले सिफारिस गर्‍यो तीन जनाको नाम


काठमाडौँ– नेकपा (एमाले) बझाङले उपनिर्वाचनका लागि तीन जना उम्मेदवारको नाम सिफारिस गरेको छ ।

एमाले जिल्ला कमिटी बझाङले प्रदेश सभा सदस्य उपनिर्वाचनका लागि तीन जना दाबेदारको नाम प्रदेश कमिटीसमक्ष सिफारिस गरेको हो । 

यसअघि उम्मेदवार हुनुभएका अफिलाल ओखेडा सिफारिस हुनुभएको छैन । दमनबहादुर भण्डारी, जुना जाग्री र राधा विष्टको नाम सिफारिस गरिएको एमाले बझाङले जनाएको छ ।   

उक्त निर्वाचन क्षेत्रबाट यसअघि नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहले जित्नुभएको थियो । उहाँको सवारी दुर्घटनामा निधन भएपछि रिक्त रहेको स्थानमा उपचुनाव हुन लागेको हो ।

आगामी वैशाख १५ गते उपचुनावका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका रहेको छ ।