अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउन मिसन ८४ 

अध्यक्ष ओलीले भन्नुभयो– राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउन मिसन ८४ 


कञ्चनपुर– नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय शक्तिलाई निर्णायक तहमा सुदृढ बनाउने लक्ष्य ‘मिसन ८४’ को रहेको बताउनुभएको छ ।

 एमाले कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनलाई हिजो महेन्द्रनगरमा सम्बोधन गर्नुहुँदै उहाँले निर्वाचन र यसको परिणामले कसको शक्ति कस्तो छ भन्ने कुरा स्पष्ट पार्ने बताउनुभयो  । 

“हामी नेपालको राष्ट्रिय शक्तिलाई निर्णायक रूपमा सुदृढ र बलियो बनाउन चाहन्छौँ”, अध्यक्ष ओलीले भन्नुभयो, “यसको मापन निर्वाचन परिणामबाट हुन्छ यसै कारण हामीले मिसन ८४ भनेका छौँ ।”

उहाँले वर्तमान संयुक्त सरकारले लिएको नीतिले मुलुकमा समृद्धि हासिल हुने  बताउनुभयो । उहाँले भन्नुभयो, “मेची–महाकालीबाट गएका मिटरब्याज पीडितसित सरकारले सहमति गरेको छ, र समस्या समाधानको सुरुआत सरकारले गरेको छ ।”