अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि नयाँ गठबन्धन: मन्त्री महासेठ

वर्तमान राजनीतिक र आर्थिक संकट समाधानका लागि नयाँ गठबन्धन: मन्त्री महासेठ


रुपन्देही-उपप्रधानमन्त्री तथा भौतिक विकास मन्त्री रघुवीर महासेठले वर्तमान राजनीतिक तथा आर्थिक संकट समाधानका लागि नयाँ गठबन्धन बनेको बताउनु भएको छ।

बुटवलमा शुक्रवारदेखि आयोजित रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ को १६ औँ सम्मेलनमा बोल्दै उहाँले राजनीतिक दलहरूबीच गठबन्धन बनेको बताउनुभयो।

उहाँले भन्नुभयो, ‘अर्थतन्त्र संकटमा पर्‍यो, उद्योगधन्दा चल्नै नसक्ने भए, अन्य सबै क्षेत्र अस्तव्यस्त भयो, त्यस्तो अवस्थामा सरकारले राम्रोसँग काम गर्न सकेन त्यसमाथि राजनीतिक स्थायित्व पनि नभएकाले यसको समाधान गर्न नेकपा एमाले अध्यक्ष ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकल दाहाल प्रचण्डले निकास दिन नयाँ गठबन्धन बनाउनुभएको हो।’

नयाँ सरकारलाई काम गर्न चुनौती भए पनि स्पष्ट योजनाका साथ सुशासन, समृद्धि र सेवा प्रदान गर्नका लागि गठबन्धन बनेकाले सेवालाई प्राथमिकतामा राखेर सरकारले काम गर्ने मन्त्री महासेठले बताउनुभयो।

देशले निकै धेरै आर्थिक संकटको सामना गर्नु परेको अवस्थामा त्यसलाई ट्र्याकमा ल्याउन र जनतामा बढेको निराशालाई कम गर्ने सरकारको अहिलेको सरकारको मुख्य जिम्मेवारी भएको बताउँदै उहाँले सरकारले अघि सारेको समृद्धिको एकल सरोकारलाई निजी क्षेत्र र सामाजिक संघसंस्थाले साथ दिनुपर्ने बताउनुभयो।