अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम

कार्यदलले शीर्ष नेतालाई बुझायो साझा न्यूनतम कार्यक्रम



काठमाडौँ -सरकारको साझा न्यूनतम कार्यक्रम निर्धारण गर्न गठन भएको कार्यदलले गठबन्धन आबद्ध दलका शीर्ष नेता समक्ष साझा न्यूनतम कार्यक्रम प्रस्तुत गरेको छ ।

प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसमक्ष साझा न्यूतनम कार्यक्रम प्रस्तुत गरिएको हो । 

सत्ता साझेदार दलहरुले सरकारको साझा न्यूनतम कार्यक्रम बनाउन १० सदस्यीय कार्यदल गठन गरेको थियो । कार्यदलमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०का उपाध्यक्ष विष्णु पौडेल र उपमहासचिव विष्णु रिमाल, नेपाल कम्युनिष्ट पार्टी ९माओवादी केन्द्र०बाट अर्थमन्त्री एवं उपमहासचिव वर्षमान पुन र जनार्दन शर्मा, राष्ट्रिय स्वतन्त्र पार्टीबाट उपसभापति स्वर्णिम वाग्ले र महासचिव मुकुल ढकाल सहभागी हुनुहुन्थ्यो ।

कार्यदलमा जनता समाजवादी पार्टी नेपालबाट केन्द्रीय कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ र मनिष सुमन तथा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीबाट उपाध्यक्ष प्रमेश हमाल र महासचिव घनश्याम भुसाल हुनुहुन्थ्यो । कार्यदलले शुक्रबार साझा न्यूनतम कार्यक्रमलाई पूर्णता दिएको थियो ।