अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राष्ट्रियसभाका दुई समितीमा एमालेबाट शेर्पा र काँग्रेसबाट पन्त

राष्ट्रियसभाका दुई समितीमा एमालेबाट शेर्पा र काँग्रेसबाट पन्त


काठमाडौं-राष्ट्रियसभा अन्तर्गत दुइवटा बिषयगत समितिका सभापति निर्विरोध निर्वाचित भएका छन् ।
दुई समितिको सभापतिका लागि शनिबार उम्मेदवारी दर्ता भएको थियो । सो क्रममा एकल उम्मेदवारी परेको हो । राष्ट्रियसभा अन्तर्गत संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा सोनाम गोल्जेन शेर्पाको मात्रै उम्मेदवारी परेको छ ।

उहाँको प्रस्तावकमा गोपी बहादुर सार्की अछामी रहेक‍ा छन् भने समर्थकमा इन्दीरा देवी गौतम र दुर्गा गुरुङ प्रस्तावक रहेका थिए ।त्यस्तै विकास, आर्थिक मामिला तथा सुशासन समितिमा कमला पन्तको मात्रै उम्मेदवारी परेको छ । उहाँको प्रस्तावकमा नारायण दत्त भट्ट र समर्थकमा शारदा देवी भट्ट रहेको संसद सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिनुभयो ।

आइतबार दुवै समितिको बैठकले एकमात्रै उम्मेदवारलाई निर्विरोध निर्वाचित भएको घोषणा हुनेछ । राष्ट्रिय सभाको नियमावली, २०७५ को नियम १५० बमोजिम राष्ट्रिय सभाका विषयगत समितिका सभापतिहरुको निर्वाचन चैत ४ गतेका लागि तोकिएको थियो ।