अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेस गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ: महेश बर्तौला

कांग्रेस गृहमन्त्रीमाथि प्रहार गरेर सरकार ढाल्ने चलखेलमा छ: महेश बर्तौला


काठमाडौं-नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले नेपाली कांग्रेस राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमाथि प्रहार गरेर वर्तमान सरकार ढाल्ने काममा लागेको आरोप लगाउनु भएको छ।

आइतबार संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले कांग्रेसले गृहमन्त्रीलाई आक्रमण गरेपछि सरकार ढाल्न सकिन्छ भनेर अंकगणितका आधारमा प्रस्तुति देखाइरहेको जिकिर गर्नुभयो ।

कांग्रेसले २८ दिनभित्र सरकार ढाल्छौं भन्ने अभिव्यक्ति दिइरहेको उल्लेख गर्दै बर्तौलाले अनुसन्धानले दोषी ठहराएको खण्डमा दोषी कोहीलाई पनि उम्किन दिनु नहुने प्रष्ट पार्नुभयो।