अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

उपनिर्वाचनका लागि इलाम २ बाट सुहाङ सहित ६ जनाको नाम केन्द्रमा सिफारिस

उपनिर्वाचनका लागि इलाम २ बाट सुहाङ सहित ६ जनाको नाम केन्द्रमा सिफारिस


काठमाडौं- नेकपा एमाले इलाम जिल्ला कमिटीले आगामी वैशाख १५ मा हुने उपनिर्वाचनका लागि ६ जना दाबेदारको नाम पार्टी केन्द्रमा सिफारिस गरेको छ। आइतबार बसेको पार्टीको जिल्ला सचिवालय बैठकले उम्मेदवारीका लागि निवेदन दिएका सबैको नाम पार्टी केन्द्रमा पठाउने निर्णय गरेको हो।
जिल्ला पार्टी कमिटी उपाध्यक्ष उदयबहादुर राईले निर्णयको पूर्ण अधिकार केन्द्रलाई दिँदै आकांक्षीहरू सबैको नाम पठाइएको जानकारी दिनुभयो।
यो क्षेत्रबाट उम्मेदवार हुनका लागि एमालेका ६ जनाले पार्टीमा निवेदन दिएका थिए। सुहाङ नेम्वाङ, रविन्द्र सुवेदी, बुद्धि खनाल, नरेन्द्र भट्टराई, देवी क्षेत्री दुलाल र रिप्पल राईले उम्मेदवारीका लागि पार्टीमा निवेदन दिएका थिए।