अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिदै

सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गरिदै


काठमाडौं – सत्ता गठबन्धनले सरकारको न्यूनतम साझा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । सत्ता गठबन्धन कार्यदलले मस्यौदा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई बुझाइसकेको छ ।

शनिबार बिहान १० सदस्यीय कार्यदलले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर सरकारको न्यूनतम साझा कार्यक्रमको मस्यौदा बुझाएको थियो ।
कार्यदलले बुझाएको मस्यौदामा शीर्ष नेताहरूले छलफल गरेर आज सार्वजनिक गर्ने तयारी रहेको कार्यदलका एक सदस्यले जानकारी दिए ।

यसलाई सत्तारुढ पाँच राजनीतिक दलले न्यूनतम नीतिगत प्राथमिकता र साझा संकल्प भनेका छन् । अहिलेको शिथिलता, वैदेशिक पलायन, उत्पादन र देशका मौजुदा अवस्थालाई प्राथमिकता दिइएको छ ।