अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले डडेल्धुराको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने 

एमाले डडेल्धुराको जिल्ला अधिवेशन आज, अध्यक्ष ओलीले उद्घाटन गर्नुहुने 

अध्यक्षमा दुई जनाको आकांक्षा


काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (एमाले) डडेल्धुराको जिल्ला अधिवेशन आजदेखि हुने भएको छ । एमाले डडेल्धुराको नवौँ जिल्ला अधिवेशन आज र भोलि गरी दुई दिन हुने भएको हो । 

एमाले डडेल्धुराका नेता बीपीन जोशीका अनुसार अधिवेशनको आज पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्नुहुने छ । अधिवेशनको उद्घाटन गर्न अध्यक्ष ओली हिजो धनगढी जानुभएको थियो । धनगढी विमानस्थलमा अध्यक्ष ओलीको एमाले नेता तथा  कार्यकर्ताहरुले स्वागत गर्नुभएको थियो ।  

अधिवेशनले आगामी कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्नेछ । अध्यक्षमा दुई जनाले आकांक्षा राखेको नेता जोशीले बताउनुभयो । उहाँका अनुसार नयाँ नेतृत्व सर्वसहमति रूपमा चयन गरिनेछ । सर्वसहमति हुने नसके निर्वाचन हुने उहाँले बताउनुभयो ।