अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

संसद्का दुवै सदनको बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची


काठमाडौँ– संघीय संसद्अन्तर्गत आज दुवै सदनको बैठक बस्दै छ । प्रतिनिधिसभाको बिहान ११ बजे र राष्ट्रिय सभाको बैठक दिउँसो सवा १ बजे बस्ने भएको हो । 

प्रतिनिधिसभा बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ.व. २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ । 

यस्तै राष्ट्रियसभा बैठकमा अध्यक्ष नारायणप्रसाद दाहालले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ । 

कार्यव्यवस्था परामर्श समितिमा सदस्य मनोनयन, अनुगमन तथा मूल्यांकन विधेयक, २०७६ माथि छलफल र निर्णयार्थ प्रस्तुत, विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल,  विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा अर्थमन्त्रीबाट जवाफ दिने सम्भावित कार्यसूची छ ।