अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कञ्चनपुरको अधिवेशनमा विवाद  

एमाले कञ्चनपुरको अधिवेशनमा विवाद  


काठमाडौँ– नेकपा एमाले कञ्चनपुरको जिल्ला अधिवेशनमा विवाद भएको छ । नवौँ जिल्ला अधिवेशनमा प्रतिनिधीहरुको भावना विपरीत पदाधिकारी घोषणाको तयारी गरिएपछि विवाद  भएको हो ।

निर्वाचन समितिले आज पदाधिकारीमा सर्वसम्मत घोषणा गर्ने तयारी गरेको थियो । तर सचिवमा उम्मेदवारी दिएका कर्णबहादुर चन्दले जिल्ला पार्टी कार्यालयको निर्वाचन कार्यालयमा  तालाबन्दी गरेको बताउनुभयो ।

उहाँले २४ जना बसेर प्रतिनिधिको भावनाविपरीत पदाधिकारी घोषणा गर्ने तयारी गरेपछि तालाबन्दी गरिएको बताउनुभयो । 

एमाले अध्यक्ष केपी शर्मा ओलीले बिहीबार कञ्चनपुरको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्नुभएको थियो ।