अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेता रिजाल भन्नुहुन्छ– गृहमन्त्रीले  ‘मिडिया ट्रायल’ गर्नु सस्तो प्रचारबाजी र अशोभनीय कार्य

नेता रिजाल भन्नुहुन्छ– गृहमन्त्रीले  ‘मिडिया ट्रायल’ गर्नु सस्तो प्रचारबाजी र अशोभनीय कार्य


काठमाडौँ– नेकपा एमालेका नेता विष्णु रिजालले उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले ‘मिडिया ट्रायल’ गर्नु सस्तो प्रचारबाजी र अशोभनीय कार्य भएको बताउनुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै नेता रिजालले गृहमन्त्रीले प्रहरीका हाकिमसँग फोटो खिचाएर र व्यक्तिको नामै तोकेर ‘फलानालाई पक्राउ गर’ भनेर ‘मिडिया ट्रायल’ गर्नु सस्तो प्रचारबाजी र अशोभनीय कार्य भएको बताउनुभएको हो । 

उहाँले गृहमन्त्रीको प्रचारबाजीले व्यक्तिलाई ‘पपुलिस्ट’  बनाए पनि प्रणालीलाई भने बलियो नबनाउने बताउनुभयो । 

उहाँले लेख्नुभएको छ,’गृहमन्त्रीले प्रहरीका हाकिमसँग फोटो खिचाएर र व्यक्तिको नामै तोकेर ‘फलानालाई पक्राउ गर’ भनेर ‘मिडिया ट्रायल’ गर्नु सस्तो प्रचारबाजी र अशोभनीय कार्य हो । एकातिर ‘कानुनले दिएको अधिकार प्रयोग गर्दा मसँग सोध्नुपर्दैन’ भन्ने अनि अर्कातिर दिनदिनै यस्ता प्रचारबाजी गर्ने कुराले फेरि पनि व्यक्तिलाई ‘पपुलिस्ट’ त बनाउला तर प्रणालीलाई बलियो बनाउँदैन ।’

गृहमन्त्री छामिछानेले केही दिन अगाडि सामाजिक सञ्जालमा लेख्दै गैरकानुनी काम गर्नेलाई कारबाही गर्न आफूलाई सोध्नुनपर्ने बताउनुभएको थियो ।