अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रतिनिधिसभाको बैठक सुरु, कांग्रेस आक्रामक रूपमा प्रस्तुत (लाइभसहित) 

प्रतिनिधिसभाको बैठक सुरु, कांग्रेस आक्रामक रूपमा प्रस्तुत (लाइभसहित) 


काठमाडौँ– संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठक नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु भएको हो ।  

बैठकको सुरुमै नेपाली कांग्रेस आक्रामक रूपमा प्रस्तुत भएको छ । कांग्रेसले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने र अर्थमन्त्री वर्षमान पुनलाई कारबाही गर्नुपर्ने माग राख्दै आएको छ । 

सहकारी प्रकरणमा मुछिएका लामिछाने र सुन प्रकरणमा मुछिएका पुनले राजीनामा दिनुपर्ने कांग्रेसको माग छ । 

आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले अन्तर्राष्ट्रिय सौर्य गठबन्धन (आईएसए)को स्थापनासँग सम्बन्धित सम्झौता पेस गर्ने, उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले विमस्टेक वडापत्रमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । 

यस्तै कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीले सम्पत्ति शुद्धीकरण (मनि लाउण्डरिङ्ग) निवारण तथा व्यावसायिक वातावरण प्रवर्द्धन सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने, आ।व। २०८१/०८२ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्ताव बाहेक) माथि छलफल जारी रहने कार्यसूची रहेको छ ।