अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

नेकपा एस छोडेको भोलिपल्टै दीपक मनाङे बन्नुभयो भौतिक पूर्वाधार मन्त्री

नेकपा एस छोडेको भोलिपल्टै दीपक मनाङे बन्नुभयो भौतिक पूर्वाधार मन्त्री


काठमाडौं-आइतबार एकीकृत समाजवादी त्यागेर स्वतन्त्र बनेका सांसद  राजीव गुरुङ (दीपक मनाङे) मन्त्री बन्नुभएको छ।   मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मनाङेलाई भौतिक पुर्वाधार मन्त्री नियुक्त गर्नु भएको हो।

 यसैगरी कृषि तथा भूमि व्यवस्था मन्त्री महेन्द्रध्वज जिसीलाई सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयकाे पनि जिम्मेवारी थपिएको छ।

मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद पुनर्गठन सम्बन्धी पत्र प्रदेश प्रमुखकाे कार्यालयमा पठाइसक्नुभएको छ। नवनियुक्त मन्त्रीको शपथ आज दिउँसो साढे तीन बजे राखिएको छ।

यसअघि भाैतिक पूर्वाधारमा माओवादीका रेशमबहादुर जुग्जाली र सामाजिकमा सुशीला सिम्खडा मन्त्री हुनुहुन्थ्यो।