अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

इलाम उपनिर्वाचन: २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)

इलाम उपनिर्वाचन: २० दल दर्ता, निर्वाचन चिह्नको क्रम निर्धारण (सूचीसहित)


काठमाडौँ-आगामी वैशाख १५ गते हुने तय भएको उपनिर्वाचनका लागि इलाम-१ मा २० दल दर्ता भएका छन्। निर्वाचन आयोगले ती दललाई दर्ता गर्दै निर्वाचन चिह्नको क्रम निर्धारण गरेको छ। 

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले सोमबार विज्ञप्ति जारी गर्दै राजनीतिक दल सम्बन्धी नियमावली बमोजिम निर्वाचन प्रयोजनको लागि दर्ता गरिएको र यसरी दर्ता भएका राजनीतिक दलहरुलाई निर्वाचन चिह्न प्रदान गरी निर्वाचन चिह्नको क्रम निर्धारण समेत गरिएको जानकारी दिनुभयो।