अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवाले देशको मात्र होइन, डडेलधुराको विकासका लागि केही गरेनन्: अध्यक्ष ओली

देउवाले देशको मात्र होइन, डडेलधुराको विकासका लागि केही गरेनन्: अध्यक्ष ओली


डडेलधुरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवाले देशको मात्र होइन डडेलधुराको विकासका लागि समेत केही काम गर्न नसकेको बताउनु भएको छ।

एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायक कुनै काम गर्न नसक्नु भएको बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘मैले देउवाजीलाई सोधेको थिएँ पाँच-पाँच पटक प्रधानमन्त्री हुनु भयो देशको लागि के गर्नु भयो भन्दा उहाँले भन्न सक्नु भएन।’

उहाँले आफूले प्रधानमन्त्री हुँदा देशको विकास र समृद्धिमा अनेकौँ काम गरेको बताउनुभयो।

सभापति देउवाले खुलेआम पैसा बाँडेर चुनाव जित्ने गरेको पनि अध्यक्ष ओलीले आरोप लगाउनु भयो।