अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

देउवालाई अध्यक्ष ओलीको प्रश्न: ५ पटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?

देउवालाई अध्यक्ष ओलीको प्रश्न: ५ पटक प्रधानमन्त्री भएर के काम गर्नुभयो ?


डडेलधुरा-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा पनि देश र जनताका लागि केही काम गर्न नसकेको आरोप लगाउनु भएको छ।

एमाले डडेलधुराको नवौँ जिल्ला अधिवेशनको सोमबार पर्शुराममा उद्घाटन गर्दै अध्यक्ष ओलीले पाँच पटक प्रधानमन्त्री हुँदा पनि देउवाले देखाउन लायक कुनै काम गर्न नसकेको आरोप लगाउनु भएको हो।

‘देउवाजी पाँच–पाँच पटक प्रधानमन्त्री हुनुभयो देशको लागि के गर्नु भयो ?’ अध्यक्ष ओलीले प्रश्न गर्नुभयो। 

अध्यक्ष ओलीले डडेलधुराको विकासको लागि अब नेकपा एमालेले काम गर्ने बताउनुभयो। देउवाजीले आफ्नै गाउँमा अस्पताल बनाउने घोषणा समेत कार्यान्वयन गर्न नसकेको आरोप लगाउनु भयो। डडेलधुराका जनताले राखेको माग एमाले समक्ष आएको बताउँदै ओलीले त्यहाँका जनताका माग एमालेले पूरा गर्ने वचन दिनुभयो । 

अध्यक्ष ओलीले एमालेका नेता र जनप्रतिनिधि जनतालाई बाटो देखाउने काम गर्नुपर्ने बताउनुभयो । कृषिमा कसरी आधुनिकीकरण गर्न सकिन्छ र त्यसलाई कसरी बजारसम्म पुर्‍याउन सकिन्छ भन्ने कुरामा ध्यान जानु पर्नेमा उहाँले जोड दिनुभयो । 

अध्यक्ष ओलीले सुदूरपश्चिमका जनता अहिले होइन पहिलादेखि नै निरङ्कुशताका विरोधी भएकाले कुनै प्रकारको निरङ्कुशता सुदूरपश्चिमले नस्विकार्ने उहाँले बताउनुभयो । भीमदत्त र दशरथ चन्द लगायतले जीवन दिएर त्यसलाई प्रमाणित गर्नुभएको ओलीले धारणा राख्नु भयो । ओलीले अब राजतन्त्र फर्कने कुनै सम्भावना नरहेको स्पष्ट पार्नुभयो ।