अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयन, अध्यक्षमा लक्ष्मी बुढा 

एमाले कञ्चनपुरको नयाँ नेतृत्व चयन, अध्यक्षमा लक्ष्मी बुढा 


काठमाडौँ– नेकपा एमाले कञ्चनपुर जिल्लाको नयाँ नेतृत्व चयन भएको छ । एमाले नवौँ जिल्ला अधिवेशनले सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन गरेको हो । 

अधिवेशनबाट एमाले कञ्चनपुरको अध्यक्षमा लक्ष्मी बुढा चयन हुनुभएको छ । यस्तै उपाध्यक्षमा जनकराज अवस्थी, सचिवमा पल्लवराज भट्ट, उपसचिवमा अशोक चन्द र राजीव खड्का चयन हुनुभएको छ ।  

जिल्ला अधिवेशनमा पाँच दिनसम्म सहमतिका लागि प्रयास भएको थियो । अधिवेशनमा अधिकांश प्रतिनिधिहरू निर्वाचनको पक्षमा भएपनि सहमतिबाट नयाँ नेतृत्व चयन भएको हो ।