अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कथाकार परशु प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त

कथाकार परशु प्रधानको निधनप्रति सभामुखद्वारा दुःख व्यक्त


काठमाडौँ- सभामुख देवराज घिमिरेले कथाकार परशु प्रधानको निधनको खबरले आफू मर्माहत भएको उल्लेख गर्दै उहाँको असामयिक निधन भएकामा दुःख व्यक्त गर्नुभएको छ । 

“कथाकार परशु प्रधानको निधनको खबरले मर्माहत भएको छु”, सभामुखले भन्नुभएको छ, “नेपाली साहित्य क्षेत्रमा कथाकार प्रधानले पुर्‍याउनुभएको योगदानको उच्च सम्मान गर्दछु, स्वर्गीय प्रधानप्रति श्रद्धाञ्जली र शोकसन्तप्त परिवारमा समवेदना व्यक्त गर्दछु ।”