अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

माओवादी बैठकमा महराबारे छलफल : चाँडै टुंगोमा पुग्ने उपाध्यक्ष सापकोटाको भनाइ

माओवादी बैठकमा महराबारे छलफल : चाँडै टुंगोमा पुग्ने उपाध्यक्ष सापकोटाको भनाइ


काठमाडौं – नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठकमा सुन तस्करी प्रकरणमा पक्राउ परेका उपाध्यक्ष कृष्णबहादुर महराका विषयमा छलफल भएको छ।
बैठकमा पदाधिकारीहरूले आआफ्ना धारणा राखेको तर निष्कर्षमा पुग्न बाँकी रहेको बैठकपछि माओवादी केन्द्रका प्रवक्ता अग्नि सापकोटाले बताउनुभयो। ‘उपाध्यक्ष कृष्णबहादुर महराको विषयमा राम्रोसित छलफल भएको छ’, बैठकपछि सञ्चारकर्मीसँग सापकोटाले भन्नुभयो, ‘यसको हरेक पाटो पक्षमा गम्भीरतापूर्वक छलफल भएको छ। छिटोभन्दा छिटो निष्कर्षमा पुग्छ।’
महरालाई जिम्मेवारीबाट मुक्त गर्ने विषयमा के कुरा भयो भन्ने पत्रकारको प्रश्नमा सापकोटा भन्नुभयो, ‘विविध कोणबाट छलफल भइरहेको छ । निष्कर्ष आएपछि तपाईंहरुलाई जानकारी गराउँछौँ।’

महरालाई सीआईबीको टोलीले सोमबार जरुरी पक्राउ पुर्जी दिएर कपिलवस्तुबाट पक्राउ गरेको थियो।