अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले लुम्बिनीले लियो पार्टी सदस्यहरूको परीक्षा

एमाले लुम्बिनीले लियो पार्टी सदस्यहरूको परीक्षा

कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुने अध्यक्ष  कँडेलको विश्वास


काठमाडौँ– नेकपा (एमाले) लुम्बिनी प्रदेशले पार्टी सदस्यहरूको आधारभूत तहको परीक्षा लिएको छ । हिजो संगठन कमिटीले एकै दिन प्रदेशका सबै जिल्लाका सदस्यहरूको परीक्षा लिएको हो । 

कार्यकर्ताहरू वैचारिक रूपले स्पष्ट हुन, अध्ययनप्रति रुचि जागोस्, पार्टीले लिने वैचारिक प्रशिक्षणप्रति उत्साही हुन सकुन् भन्ने उद्देश्यले परीक्षा लिइएको प्रदेश कमिटी अध्यक्ष अध्यक्ष राधाकृष्ण कँडेलले बताउनुभयो । प्रदेश कमिटीको स्कुल विभागले एकै दिन एकै समयमा १२ वटै जिल्लामा लिएको परीक्षा लिएकाले प्रभावकारी भएको अध्यक्ष कँडेलले विश्वास व्यक्त गर्नुभयो । पहिलो पटक सदस्यहरूलाई क्रियाशील बनाउन यस खालको प्रक्रिया थालिएको र सबै क्षेत्रमा उत्साहपूर्वक सहभागिता भएको उहाँले बताउनुभयो । 

प्रचार विभाग प्रमुख डीआर घिमिरेले यो परीक्षा पूर्व तयारीस्वरुप भएको भन्दै यस अनुभवका आधारमा आगामी दिनमा व्यवस्थित हुँदै जाने बताउनुभयो । ‘यसको मूल भावना कार्यकर्तामा वैचारिक जिज्ञासा बढाउने हो, जुन हुन सकेको छ’, उहाँले भन्नुभयो ।

परीक्षाले आगामी दिनमा स्कुल विभागले सञ्चालन गर्ने प्रशिक्षणमा कुन तहको प्रशिक्षण दिनुपर्ने भनी सन्देश दिन सकेको प्रदेश कमिटीका उपाध्यक्ष एवं स्कुल विभाग प्रमुख भोजप्रसाद श्रेष्ठले बताउनुभयो ।