अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने अध्यक्ष ओलीको संकेत

प्रचण्ड पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने अध्यक्ष ओलीको संकेत

'उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुन्छन्'


काठमाडौँ– नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पूरै कार्यकाल प्रधानमन्त्री हुन सक्ने संकेत गर्नुभएको छ । 

प्रेस चौतारी कैलालीले आज धनगढीमा गरेको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले आफूलाई प्रधानमन्त्रीको इच्छा नभएको र अरू प्रधानमन्त्री बन्न अगाडि नसरेको बताउनुभएको हो । 

उहाँले भन्नुभयो, ‘अहिले मलाई त्यति मन पनि लागेको छैन । अरू कोही अगाडि पनि सरेका छैनन् । के गर्ने त उहाँ नै खानुहोला जस्तो पो देखिन्छ त !’  

यस्तै अध्यक्ष ओलीले उजुरी दर्ता भएकै आधारमा मन्त्री नहुने हो भने सबै पद खाली हुने बताउनुभयो । 

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारी ठगी प्रकरणमा उजुरी परेको र कांग्रेसले त्यही विषय संसदमा उठाएकोबारे पूर्वप्रधानमन्त्री समेत रहनुभएका अध्यक्ष ओलीले भन्नुभयो, ‘उजुरी हालेकै विषयमा मन्त्री नहुने हो भने त नेपालमा मन्त्री, सांसद सबै खाली हुन्छ । उजुरी त एउटा लगेर हाल्दिए भैगो नि !’,

उहाँले गम्भीर मुद्दा, अपचलन देखिँदा, हिनामिना भएको ठहर भएमा फरक ढङ्गले हेरिनुपर्ने बताउनुभयो ।