अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन सुरू, आज प्रतिनिधि छनौट गरिंदै

एमाले उदयपुरको नवौं जिल्ला अधिवेशन सुरू, आज प्रतिनिधि छनौट गरिंदै


काठमाडौं-नेकपा एमाले उदयपुरको नवौँ जिल्ला अधिवेशन चैत १३ र १४ गते हुने अधिवेशनका लागि मंगलवार जिल्लाभर एकसाथ प्रतिनिधि छनौट गर्दै छन्।

नवौँ जिल्ला अधिवेशन तयारीका लागि फागुन ३० गते बसेको आयोजक समितिको बैठकले एकसाथ प्रतिनिधि छनौट गर्ने निणर्य गरेको थियो।

जिल्लाका चार नगरपालिका र चार गाउँपालिकाका ७५ वटा वडा र २३ वटा जनसंगठन प्रतिनिधि फागुन ३० गते बसेको आयोजक समिति बैठकलेको निर्णय अनुसार आज एकसाथ प्रतिनिधि छनौट गर्न लागेको एमाले जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले जानकारी दिनुभयो।

अध्यक्ष घिमिरेले भन्नुभयो,  ‘नवौँ जिल्ला अधिवेशनका लागि ७५ वटा वडा र २३ वटा जनसंगठनका प्रतिनिधि छनौट गर्दैछौं। वडाको संगठित सदस्यको अनुपातमा ७ जना संगठित सदस्य बराबर १ जना प्रतिनिधि छनौट गरिने छ।’

युवा, विद्यार्थी, किसान लगायत १० वटा जनसंगठनलाई २ खुल्ला र १ महिला प्रतिनिधि तोकिएको छ भने अन्य पिछडा वर्ग, बुद्धिजिवी, जनस्वास्थ्य लगाएत १३ वटा जनसंगठनले २ जनाका दरले प्रतिनिधि छनौट गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो। उहाँका अनुसार चैत्र १३ गते जिल्ल्ला अधिवेशनको उद्घाटन हुनेछ भने १४ गते नयाँ कार्यकालका लागि नयाँ नेतृत्व चयन हुनेछ।

अधिवेसन सम्पन्न गर्नका लागि मूल आयोजक समिति समेत गरी १३ वटा उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो।

नेकपा एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अधिवेशनको उद्घाटन गर्ने र पार्टीका पदाधिकारी, स्थायी कमिटीका सदस्य लगायतका नेताहरु उपस्थित हुने कार्यक्रममा जिल्लाभरिका करीब ६ सय ५० जना प्रतिनिधिहरु सहभागी हुने जिल्ला अध्यक्ष घिमिरेले बताउनुभयो।

अधिवेशनका लागि मूल आयोजक समिति, राजनीतिक प्रतिवेदन लेखन, आर्थिक, सांस्कृतिक, हल व्यवस्थापन, अतिथि सत्कार, खाद्यन्न व्यवस्थापन, स्वास्थ्य, प्रचार-प्रसार उपसमिति गठन गरिएको अध्यक्ष घिमिरेले बताउनुभयो।