अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

विदेश जानु नराम्रो होइन, स्वदेशमै सेवा गर्नु त्योभन्दा राम्रो हो : अध्यक्ष ओली

विदेश जानु नराम्रो होइन, स्वदेशमै सेवा गर्नु त्योभन्दा राम्रो हो : अध्यक्ष ओली


काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विदेश जानु नराम्रो नभएपनि स्वदेशमै उद्यम र सेवा गर्नु त्योभन्दा राम्रो भएको बताउनुभएको छ । 

स्कुलको बिदाइ समारोहमा आफ्नो पोसाकमा १० वर्षभित्र सह–सचिव बनेर सेवा गर्ने एक विद्यार्थीको फोटो शेयर गर्दै अध्यक्ष ओलीले त्यो सकारात्मक इच्छा भएको बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’यी नानी लगायत हजारौँ विद्यार्थी सईई परीक्षाको तयारीमा छन् । यिनले स्कुलको बिदाइ समारोहमा आफ्नो पोसाकमा १० वर्षभित्र सह–सचिव बनेर सेवा गर्ने लेखेकी छिन् । यो सकारात्मक इच्छा हो । गतवर्ष यही समयमा ‘विदेशमा भेटौँला’ भन्ने लेखिएको तस्बिर देखेको थिएँ । विदेश जानु पनि नराम्रो होइन, तर स्वदेशमै उद्यम र सेवा गर्नु त्यो भन्दा राम्रो हो ।’ 

अध्यक्ष ओलीले सईई परीक्षाको तयारीमा रहेका विद्यार्थीहरूलाई सफलताको शुभकामना दिनुभएको छ ।