अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

काठमाडौंमा अब एमालेको हार स्वीकार्य हुँदैन: अध्यक्ष ओली

काठमाडौंमा अब एमालेको हार स्वीकार्य हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी निर्वाचनमा काठमाडौंमा गएको निर्वाचनको जस्तो हार अस्वीकार्य भएको बताउनु भएको छ।

नेकपा एमाले काठमाडौं जिल्ला कमिटीको बृहत् कार्यकर्ता भेलालाई बुधबार काठमाडाैंमा सम्बाेधन गर्दै अध्यक्ष ओलीले  पार्टीको संगठन निर्माणमा लाग्न निर्देशन दिनुभयो।

उहाँले आगमी निर्वाचनमा काठमाडौंमा एमालेले ९० प्रतिशत मत उल्ट्याउनुपर्ने बताउनु भयो।

अध्यक्ष ओलीले भन्नुभयो, ‘पछिल्लो निर्वाचनमा १० प्रतिशतको हैसियतमा झर्‍यो। काठमाडौंका १० क्षेत्रमध्ये एउटा मुस्किलले जित्यौं यो स्थितिलाई अनिवार्य बदल्नुछ। बदल्नैपर्छ यस अवस्थालाई । एमालेलाई लागि काठमाडौंमा यो अवस्था स्वीकार्य छैन । एमालेका उद्देश्य, स्पष्ट विचार र गरेका कामकोप्रति पनि यो परिणाम सन्तोषजनक पीडादायी छ। यो स्थितिलाई बदल्नैपर्छ र यसलाई उल्ट्याउनैपर्छ सत प्रतिशत नभए ९० प्रतिशत उल्ट्याउनुपर्छ । प्रदेशमा पनि हामी एक्लै बहुमतको स्थिती थियो । अहिले हामी कमजोर भएका छौं । यी पक्षमा गम्भिरताका साथ ध्यान दिएर संकल्प पर्नुपर्छ ।’