अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

पार्टीबाट राजीनामा दिँदै शर्माले भने– पटक–पटक गठबन्धन फेर्नाले देशलाई अँध्यारोतर्फ धकलेको महसुस गरेँ 

पार्टीबाट राजीनामा दिँदै शर्माले भने– पटक–पटक गठबन्धन फेर्नाले देशलाई अँध्यारोतर्फ धकलेको महसुस गरेँ 


काठमाडौँ– नेकपा माओवादी केन्द्रका नेता राम कुमार शर्माले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । आज सामाजिक सञ्जालमा लेख्दै उहाँले पार्टीको सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको घोषणा गर्नुभएको हो । 

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सम्बोधन गर्दै उहाँले पटक–पटक गठबन्धन फेर्नाले देशलाई अँध्यारोतर्फ धकलेको आफूले महसुस गरेको उल्लेख गर्नुभएको छ । 

उहाँले लेख्नुभएको छ,’सम्माननिय प्रधानमन्त्री प्रचण्ड ज्यूले दैनिक जसो अभिव्यक्तिमा सुशासन, समृद्धि र सामाजिक न्यायको कुरा जति नै गरेपनि माओवादी पार्टीका प्रमुख पदाधिकारीहरू विभिन्न भ्रष्टाचार काण्डमा संलग्न हुनु ! माओवादी पार्टी,  पार्टी नभएर गुटै गुटका महासंघको रूपमा रूपान्तरण हुनु ! १० वर्षे जनयुद्धको दौरान आफैले उठाएको मुद्दाबाट च्युत हुँदै जानु र जनादेश विपरीत विदेशी शक्तिको आडभरोसामा सरकारमा रहन कै लागि पटक–पटक गठबन्धन फेरिरहने र देशलाई अस्थिरता एवं विदेशीको क्रिडास्थल बनाई अन्नत अँध्यारो दिशातर्फ धकेलेको महसुस गरेको छु ! यस्तो अवस्थामा माओवादी पार्टीमा बसिरहन मेरो नैतिकताले दिएन तसर्थ आजकै मितिबाट म राम कुमार शर्मा नेकपा (माओवादी केन्द्र)को सम्पूर्ण जिम्मेवारीबाट राजीनामा दिएको छु !’

नेता शर्माले माओवादीमा संलग्न हुँदा आफूले देखेको सपना र अहिले पार्टीका प्रमुख नेतृत्व र सरकारबाट भइरहेको कामको समीक्षा गर्दा आकाश पतालको फरक पाएको बताउनुभएको छ ।  

उहाँले लेख्नुभएको छ,’माओवादी पार्टीले  लिएका क्रान्तिकारी नीतिहरू आत्मनिर्णयको अधिकार र पहिचानसहितको प्रादेशिक संरचना, प्रत्यक्ष निर्वाचित राष्ट्रपतिसहित पूर्ण समानुपातिक  समावेशी संसद्, क्रान्तिकारी भूमिसुधार, निःशुल्क एवं गुणस्तरीय शिक्षा र स्वास्थ्यको साथै रोजगारीको ग्यारेन्टीसहित नयाँ नेपाल बनाउने सपना मात्रै तुहिएको छैन ! महान् जनयुद्धको समय आदर्श मानिएका प्रमुख पदाधिकारीहरू नै विभिन्न भ्रष्टाचार काण्डमा संलग्न भएको देखेर आत्म ग्लानि मात्रै भएको छैन १७ हजार नेपाली नागरिकले दिएको बलिदान र त्यसको जगमा भएको महान् जनयुद्धलाई नै कलंकित गर्ने काम भइरहेको महसुस गरेको छु ! 

नेता शर्मा सरकारी सेवा छाडेर माओवादीमा लाग्नुभएको थियो । उहाँले निर्वाचित संविधान सभा पदबाट राजीनामा पनि दिनुभएको थियो ।