अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो विनोद चौधरीसँग बयान

बाँसबारी जग्गा प्रकरणमा सीआईबीले लियो विनोद चौधरीसँग बयान


काठमाडौँ– बाँसबारीको १० रोपनी सरकारी जग्गा कीर्ते ठगी प्रकरणमा सीआईबीले कांग्रेस सांसद विनोद चौधरीसँग बयान लिएको छ । 

आज बिहान सांसद चौधरीसँग सीआईबीले बयान लिएको हो । त्यसलगत्तै सरकारी वकिलको कार्यालयमा लगेर उहाँसँग बयान लिन सुरु गरिएको छ ।  

सीआईबीले बाँसबारीको सरकारी जग्गा कीर्ते गरी ठगी गरेको सम्बन्धमा सांसद तथा चौधरी ग्रुपका अध्यक्ष विनोद चौधरीको संलग्नताबारे अनुसन्धान भइरहेको पत्र बुधबार सभामुख देवराज घिमिरेलाई पठाएको थियो ।

आइतबार उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले चौधरीको बयान लिन निर्देशन दिनुभएको थियो ।