अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

दुई घण्टा बयान दिएपछि विनोद चौधरीको प्रतिक्रिया–  ममाथि ‘राजनीतिक स्टन्ट’ भयो

दुई घण्टा बयान दिएपछि विनोद चौधरीको प्रतिक्रिया–  ममाथि ‘राजनीतिक स्टन्ट’ भयो


काठमाडौँ– नेपाली कांग्रेसका सांसद विनोद चौधरीसँग प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले दुई घण्टा बयान लिएको छ । 

बाँसबारी जग्गा प्रकरणमा उहाँसँग अनुसन्धान अधिकृतहरूले जिल्ला सरकारी वकिलको रोहबरमा बयान लिनुभएको हो ।  

बयान दिएर निस्किएका चौधरीले आफूमाथि गरिएको अनुसन्धानलाई ‘राजनीतिक स्टन्ट’ भएको प्रतिक्रिया दिनुभएको छ ।  स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उहाँको भनाइ छ । 

उहाँले एउटा उद्यम र उद्यमीमाथि राजनीतिकरण गर्न खोजिएको बताउनुभयो । जिम्मेवार राजनीतिकर्मी भएकाले आफू बयानका लागि उपस्थित भएको उहाँले बताउनुभयो ।

काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा चौधरीको संलग्नता रहेको आशङ्का गरिएको छ ।