अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि

एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि


सुर्खेत-नेकपा एमाले सुर्खेतको नवौं जिल्ला अधिवेशन आजदेखि सुरू हुँदैछ। वीरेन्द्रनगरको सिटी हलमा हुने अधिवेशनको उद्घाटन एमाले महासचिव शंकर पोखरेलले गर्नुहुनेछ।

बिहान ११ बजे अधिवेशनको उद्घाटन हुने तालिका रहेको एमाले सुर्खेतका प्रचार विभाग प्रमुख गंगाराम तिमिल्सेनाले जानकारी दिनुभयो।

अधिवेशनअन्तर्गत आज उद्घाटनसहित राजनीतिक तथा आर्थिक प्रतिवेदन पेस गर्ने तालिका रहेको छ।

बिहीबार रातिदेखि नै बन्दसत्र सुरू हुने र शुक्रबार बिहानदेखि निर्वाचन प्रक्रियामा जाने कार्यतालीका रहेको प्रचार विभाग प्रमुख तिमिल्सेनाले जानकारी दिनुभयो।

जिल्ला अध्यक्ष अमृतबहादुर बिसीको अध्यक्षतामा बुधबार बेलुका बसेको सचिवालय बैठकले नवौं जिल्ला अधिवेशनमा पेस गर्ने राजनीतिक तथा आर्थिक प्रतिवेदनसमेत पास गरेको छ।

अधिवेशनमा जिल्लाभरबाट ४९५ जना प्रतिनिधिहरु सहभागी हुने छन्। शनिबारसम्म चल्ने अधिवेशनले एमाले सुर्खेतको नयाँ नेतृत्व चयन गर्नेछ। एमाले नेताहरुले सकेसम्म सहमतिमै नेतृत्व चयन गर्न जनाएको छ।

एमाले सुर्खेतको नेतृत्व (अध्यक्ष) का लागि धेरै नेताहरु आकांक्षी देखिएका छन् ।