अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिलाई धोका दिँदै आयो: महासचिव पोखरेल

कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिलाई धोका दिँदै आयो: महासचिव पोखरेल


सुर्खेत-नेकपा एमालेका महासचिव शङ्कर पोखरेलले कांग्रेसले विभिन्न आन्दोलन र क्रान्तिलाई धोका दिँदै आइरहेको बताउनु भएको छ।

बिहीबार एमाले सुर्खेतको नवौँ अधिवेशनको उद्घाटन समारोहमा बोल्दै महासचिव पोखरेलले बीपी कोइरालाको कम्युनिस्ट पार्टीसँग सहकार्य नगर्ने मान्यताका कारण पञ्चायत ३० वर्षसम्म रहनुको कारण बनेको बताउनुभयो। बीपीका कारण पुष्पलालका नीतिहरू उनको जीवनकालसम्म पनि लागू हुन नसकेको उहाँले बताउनु भयो।

कम्युनिस्टहरूलाई लडाएर लाभ कसरी लिन सकिन्छ भन्नेतर्फ कांग्रेस अग्रसर रहेको उ‍हाँको भनाई छ। ‘नेपालको राजनीतिक अस्थिर हुनुको कारण पनि कांग्रेस हो, ’महासचिव पोखरेलले भन्नुभयो , ‘विचारका आधारमा होइन स्वार्थका कारण राजनीतिक गर्ने काम गरिरहेको छ।’ 

महासचिव पोखरेलले विचार नमिल्ने स्वार्थ केन्द्रित गठबन्धनले गर्दा जनतामा निराशा बढिरहेको बताउनुभयो। ‘जनताले सर्वाधिक लोकप्रिय मतका साथ पहिलो पार्टी बनाएका जनताले सिटका आधारमा पहिलो स्थान नहुँदा शासन गर्न पाएन,’उहाँले भन्नुभयो, ‘अहिले समान विचार बोक्नेहरूका बिचमा सहकार्य गर्ने गरी अगाडि बढाउनुपर्छ भनेर नयाँ गठबन्धन बनेको हो ।’