अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

राजनीतिमा आलोपालोबारे अध्यक्ष ओलीको टिप्पणी: धारामा पानी थाप्न बसेजस्तो होइन

राजनीतिमा आलोपालोबारे अध्यक्ष ओलीको टिप्पणी: धारामा पानी थाप्न बसेजस्तो होइन


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी ओलीले नेपालको राजनीतिक वृत्तमा अराजनीतिक सोच बढेको प्रति चिन्ता व्यक्त गर्नुभएको छ।

बिहीबार सामाजिक सञ्जाल फेसबुक मार्फत अध्यक्ष ओलीले सरकारको नेतृत्व लिने विषय धारामा पानी थाप्न बसेको लाइन जस्तो नभएको टिप्पणी गर्नुभएको हो।

आलोपालो प्रधानमन्त्री चर्चा भइरहेका बेला अध्यक्ष ओलीले आलोपालोको संस्कृतिको विरोध गर्नुभएको हो। अध्यक्ष ओलीले सामाजिक सञ्जाल फेसबुकमा लेख्नुहुन्छन्, ‘हाम्रो राजनीतिक वृत्तमा अराजनीतिक सोच यति बढेको छ कि नेतृत्वमा आलोपालो गरेर पद प्राप्त गर्ने कुरालाई पनि संस्कारका रूपमा लिन थालिएको छ। तर राजनीति अहिले तपाईंको पालो त्यसपछि मेरो पालो, मेरोपछि उसको पालो भनेर धारामा पानी थाप्न लाइन बसेजस्तो होइन।’ 

अध्यक्ष ओलीले नेतृत्व गर्ने कुरा योग्यता, क्षमता, सक्रियता, बुझाइ र इमान्दारीमा भर पर्ने प्रष्ट पार्नुभएको छ। यस्तो संस्कार बसाएर मात्र राजनीतिलाई गुणात्मक र परिणाममुखी बनाउन सकिने ओलीको धारणा छ। ‘आलोपालो पदको अभ्यासले सञ्चारकर्मीदेखि समाजको ठुलो हिस्सालाई प्रभाव पारेको देखिन्छ र प्रश्नहरू सोधिन्छ–तपाईँको पालो कहिले, उहाँको पालो कहिले रु’, ओलीले लेख्नु भएको छ।

एमाले राजनीतिमा बसेको गलत संस्कारलाई तोड्दै अघि बढिरहेको उहाँले स्पष्ट पार्नुभएको छ। ‘राजनीतिलाई गुण र दोषमा आधारित रहेर परीक्षण गर्ने संस्कार बसालौँ, आलोपालो वा तेरो मेरोमा आधारित रहेर होइन’, ओलीको धारणा छ।