अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

अराजकताको अन्त्य आदेश निर्देशले नभएर नियम संगत प्रणालीले हुन्छ : नेता बास्कोटा

अराजकताको अन्त्य आदेश निर्देशले नभएर नियम संगत प्रणालीले हुन्छ : नेता बास्कोटा


काठमाडौँ– नेकपा एमालेका नेता गोकुल बास्कोटाले अराजकताको अन्त्य आदेश निर्देशले नभएर नियम संगत प्रणालीले हुने बताउनुभएको छ । 

आज सामाजिक सञ्जालमा लेख्दै उहाँले प्रकृति, समाज, राजनीति अर्थनीति सबै निश्चित नियम र प्रणालीबाट सञ्चालित हुने गरेको बताउनुभएको हो । 

उहाँले लेख्नुभएको छ,’सूचनाले तथ्य माग्छ तर अभिव्यक्तिले मत ।प्रकृति, समाज, राजनीति अर्थनीति सबै निश्चित नियम र प्रणालीबाट सञ्चालित हुन्छन् । ती तोडेपछि अराजकता जन्मन्छ । अराजकताको अन्त्य आदेश निर्देशले हैन नियम संगत प्रणालीले मात्र गर्छ ।’