अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी तिब्र


उदयपुर-आगामी चैत १३ र १४ गते हुने नेपाल कम्युनिष्ट पार्टी (एमाले)को नवौं जिल्ला अधिवेशनको तयारी तिब्र रुपमा भएको छ।
आसन्न जिल्ला अधिवेशनको लागि ७५ वटा वडा र २३ वटा जनसंगठनबाट ६ सय ३ जना प्रतिनिधि छनौट सम्पन्न भइसकेको उपसचिव भरतबहादुर थापाले बताउनु भयो।

‘२०८० चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भइसकेको छ’ उपसचिव थापाले भन्नुभयो, ‘छनौट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने कार्य भइरकेको छ।’

अधिवेशन सम्पन्न गर्नका लागि गाईघाट पिपल चौकस्थित एवान होटलको माथिल्लो तल्लामा सम्पर्क कार्यालय स्थापना गरेर प्रतिनिधि व्यवस्थापन लगाएतका सबै कार्यहरु शुरू गरिएको छ।

प्रतिनिधि छनौट बाहेक अधिवेशनको लागि गठन भएका विभिन्न उपसमितिले समेत आफ्नो कार्य प्रारम्भ गरेको छ । जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि १३ वटा उपसमिति गठन भएको छ । बुधबार प्रचारप्रसार समितिको बैठक बसेर नवौं जिल्ला अधिवेशन सम्पन्न गर्नका लागि प्रचार प्रसारलाई व्यापक बनाउने निर्णय गरेको छ।

प्रचार–प्रसार उपसमितिका संयोजक भरत खड्काको अध्यक्षतामा बसेको बैठकले अधिवेशन भर मिडिया डेक्स स्थापना गरेर अधिवेशनको प्रचार प्रसार गर्ने निर्णय गरेको हो । प्रचार–प्रसार उपसमितिको बैठकले प्रचार उपसमितिमा प्रेस चौतारीमा आवद्ध व्यक्तिहरुलाई थप गर्ने निर्णय गरेको छ।

प्रचार प्रसारलाई व्यवस्थित बनाउनको लागि ईश्वर कुमार तामाङ, माधव पोखरेल, अन्जनी अधिकारी, रेणु पराजुली लगाएत १५ जना सदस्यहरु थप गर्ने निर्णय गरिएको सयोजक खड्काले जानकारी दिनुभयो।
बैठकले नवौं जिल्ला अधिवेशनको लोगो निर्माण गर्न तुलसी प्रसाद कोइरालाई जिम्मेवारी दिने समेत निर्णय गरेको छ।
चैत १३ गते उद्घाटन हुने अधिवेशनमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको जनाईएको छ।