अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन: अध्यक्ष ओली

समाजवादी मोर्चामा एमाले सहभागी हुँदैन: अध्यक्ष ओली


काठमाडौं-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो दल समाजवादी मोर्चामा सहभागी नहुने बताउनु भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग भेटपछि सिंहदरबारबाट बाहिरिँदै गर्दा उहाँले सो कुरा बताउनु भएको हो।

नेकपा एमाले पनि समाजवादी मोर्चामा सहभागी हुने हो? भन्ने सञ्चारकर्मीको प्रश्नमा अध्यक्ष ओलीको जवाफ थियो, ‘होइन।’

शुक्रबारको भेटमा प्रधानमन्त्रीसँग सकारात्मक कुराकानी भएको अध्यक्ष ओलीले बताउनुभयो। उहाँले भन्नुभयो, ‘समसामयिक विषयमा प्रधानमन्त्रीजीसँग राम्रो कुरा भयो।’

मोर्चाका संयोजक समेत रहेका नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवले बिहीबार साँझ अध्यक्ष ओलीसँग भेट गर्नुभएको थियो। भेटमा उहाँले समाजवादी मोर्चामा सहभागी हुन आग्रह गर्नुभएको थियो।

आज बिहान बसेको समाजवादी मोर्चाको बैठकले एमालेलाई पनि मोर्चामा सामेल गराउने निर्णय गरेको थियो। त्यसका लागि मोर्चाले ओलीसँग छलफल गर्ने जिम्मा प्रचण्डलाई दिएको थियो। लगत्तै प्रधानमन्त्री प्रचण्ड र ओलीबीच भेटवार्ता गरेको थियो।