अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा, वरिष्ठ उपाध्यक्ष पोखरेलले उदघाटन गर्ने

एमाले उदयुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा, वरिष्ठ उपाध्यक्ष पोखरेलले उदघाटन गर्ने


उदयपुर-२०८० चैत १३ र १४ गते हुने नेकपा एमाले उदयपुरको नवौं जिल्ला अधिवेशनको तयारी पूरा भएको छ।

नवौं जिल्ला अधिवेशन प्रचार-प्रसार उपसमितिले आज गाईघाटमा पत्रकार सम्मेलन मार्फत् अधिवेशननको लोगो सार्वजनिक गर्दै अधिवेशनको तयारी पूरा भएको जनाएको हो।

धिवेशनका लागि जिल्लाका चार नगरपािलका र चार गाउँपािलकाका ७५ वटा वडा र २३ वटा जनसंगठन र सलाहकारबाट ६३२ जना प्रतिनिधिको छनौट भइसकेको जिल्ला अध्यक्ष प्रमेश्वर घिमिरेले बताउनुभयो।

चैत ६ गते सबै कमिटीबाट प्रतिनिधि छनौट भइसकेको अध्यक्ष घिमिरेले छनौट भएर आएका प्रतिनिधिहरुको अभिलेख राख्ने ९५ प्रतिसत भन्दा बढी कार्य सकिएको बताउनु भयो।
नवौं जिल्ला अधिवेशनबाट सर्वसम्मत नेतृत्व छनौट गर्ने अध्यक्ष घिमिरेले बताउनुभयो। ‘गतिशिल संगठन, क्रियाशील सदस्य विकासको संम्बाहक र समाजिक रुपमान्तरणमा नेकपा एमाले’ भन्ने मूल नाराका साथ सम्पन्न गर्न लागेको अध्यक्ष घिमिरले जानकारी दिनुभयो।

अधिवेशनको उद्घाटन पार्टी वरिष्ठ उपाध्यक्ष इश्वर पोखरेलले गर्नुहुने अध्यक्ष घिमिरेल बताउनु भयो। पत्रकार सम्मेलनमा एमाले केन्द्रीय सदस्य अम्बिका थापा, उदयपुर सचिव कालुमान लामा, उपसचिव भरत बहादुर थापा, त्रियुगा नगरपालिकाकी उपमेयर महेश्वरी राई लगाएतको उपस्थिति रहेको थियो ।

जिल्ला भर प्रतिनिधि छनौटको कार्य सम्पन्न भएसगै नेतृत्वमा दावी गर्ने नेताहरुले सक्रियता बढाएका छन्।