अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

एमाले सुर्खेतको नवौँ अधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरू

एमाले सुर्खेतको नवौँ अधिवेशन: नयाँ नेतृत्वका लागि मतदान सुरू


काठमाडौं-नेकपा एमाले सुर्खेतको नयाँ नेतृत्वका लागि मतदान सुरु भएको छ। आइतबार दिउँसो १२ बजेबाट मतदान सुरू भएको हो। मतदान प्रक्रिया दिउँसो ४ः१५ सम्म चल्ने छ।

एमाले सुर्खेतको नवौँ जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वका नेताहरूबीच सहमति जुट्न नसेकपछि निर्वाचन गरिएको छ। 

अध्यक्षका लागि हालका जिल्ला कमिटी अध्यक्ष अमृतबहादुर बिसी र उपाध्यक्ष कुलमणी देवकोटका मैदानमा होम्मिएका छन्। बिसीलाई एमाले स्थायी कमिटी सदस्य तथा सुर्खेत इन्चार्ज गोरखबहादुर बोगटी र देवकोटा स्थायी कमिटी सदस्य यामलाल कँडेलले सघाएका छन्। 

यस्तै, उपाध्यक्षमा देवकोटा टिममा मोहन बडुवाल, सचिवमा डम्बर तिवारी र उप-सचिव खुलामा अझै टुंगा लाग्न सकेको छैन। उपसचिव महिलाबाट सुशील विश्वकर्माले उम्मेद्वारी दर्ता गराउनु भएको छ।