अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

च्यासलमा एमाले सचिवालय बैठक सुरू

च्यासलमा एमाले सचिवालय बैठक सुरू


काठमाडौं-नेकपा एमालेको सचिवालय बैठक सुरू भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासलमा केही समय अघि बैठक शुरु भएको हो।

नेताहरुले बैठक बस्नुअघि एकअर्कामा रङ दलेर खुशी होली मनाएका छन्। एमाले अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष, ईश्वर पोखरेल, उपाध्यक्ष, अष्टलक्ष्मी शाक्य र सुरेन्द्रप्रसाद पाण्डे, महासचिव शंकर पोखरेल लगायतका पार्टी पदाधिकारीहरुले एक अर्कालाई रङ दलेर होली मनाएका हुन्।

बैठकमा राजनीतिक समसामयिक विषयमा छलफल हुनेछ। साथै बैठकमा राष्ट्रिय प्रतिनिधि परिषद् बैठकको तयारी, उपनिर्वाचन लगायतका विषयमा छलफल हुने जनाएको छ।