अपिल मिडिया प्रा. लि.
सूचना विभागमा दर्ता नं. : २४८२/२०७७–०७८
Office: Kathmandu Metropolitan City- 29
Phone: +९७७-९८५११०७८२४
News: [email protected]

सुहाङलाई उम्मेद्वार बनाएपछि अध्यक्ष ओलीको प्रतिक्रिया : युवा सँगसँगै

सुहाङलाई उम्मेद्वार बनाएपछि अध्यक्ष ओलीको प्रतिक्रिया : युवा सँगसँगै


काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुहाङ नेम्वाङमा केही गर्ने हुटहुटी र ऊर्जा रहेको बताउनुभएको छ।इलाम क्षेत्र नं २ प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाउने निर्णय गरेपछि एमाले अध्यक्ष ओलीले सुहाङबारे सामाजिक सञ्जालमा लैख्दै ‘आम युवामा जस्तै उनमा पनि केही गर्ने हुटहुटी र ऊर्जा’ रहेको उल्लेख गर्नुभएको हो।

ओलीले सुहाङसँगैको तस्बिर पनि सामाजिक सञ्जालमा सेयर गर्दै विजयको शुभकामना पनि दिनुभएको छ।
‘३२ वर्षीय सुहाङ नेम्वाङ इलाम– २ को उपनिर्वाचनमा उम्मेदवार बनेका छन्। फूटबल र क्रिकेटमा रुचि भएका, पेशाले लयर सुहाङलाई भेट्दा सरल र नयाँ जोश भएका युवाको रुपमा पाएको छु’ ओलीले लेखेका छन् ।

आइतबार बसेको एमालेको सचिवालय बैठकले सुहाङलाई इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनमा उठाउने निर्णय गरेको हो।